'खुटियाले हामीलाई करोडौं दिन्छ, हामीले खुटियालाई के दियौं?'

सेतोपाटी

सविता बुढा

कुनै बेला डोटी, बाजुरा, अछाम लगायत पहाडी जिल्लाका बासिन्दाहरू खुटिया नदीको किनारै किनार तराई पुग्थे। केही मानिस खुटियाको किनारमा पसल थापेर बसेका थिए।

यो समय हो करिब २०३५ सालअघिको। स्याउले बजारमा चाहिँ २०२२ सालतिर नै दुई–चार घर बसेको बुढापाकाहरू बताउँछन्।चुरे पहाडबाट कैलालीको पश्चिमी मध्यक्षेत्र हुँदै बग्ने खुटिया नदी दक्षिणमा मोहनामा मिसिन्छ। खुटियाबाट ढुंगा, बालुवा र गिटी निकालिन्छ। यहाँको नदीजन्य पदार्थको गुणस्तर राम्रो मानिएकाले निर्माण सामग्रीका लागि खुटिया नदी रोजाइको खानी बनेको छ।

खुटियाबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गर्न ठेकेदारले टेन्डर पाउँछन्। नदी बग्ने बाटोमा पर्ने स्थानीय तहले ठेकदारहरूबाट करोडौं रूपैयाँ उठाउँछन्। डोटीबाट बसाइँ सरेर आएका गोदावरी–८ का पूर्ववडाध्यक्ष दिनेश अधिकारीका अनुसार उनी किशोरावस्थामा हुँदा खुटिया नदीका छेउछाउमा बाक्लो जंगल थियो। नदी किनारमा ठूल्ठूला रूख थिए। नदीको चौडाइ थोरै थियो।

प्रकाशित मिति: : 2022-07-06 21:47:00

प्रतिकृया दिनुहोस्