निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए।
६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित विजयी भएका नेम्बाङले दोस्रो दिन (८ असार) मा सपथसँगै औपचारिक कार्यसमिति बैठक समेत राखे।
पहिलो बैठकबाटै नेम्बाङले चुनावमा माहोल बनाएकाहरूलाई महासचिव, कोषाध्यक्ष तथा विदेश विभागको जिम्मा दिए।महासचिवमा अघिल्लो कार्यसमितिमा प्रवक्ता जिम्मेवारी पाएका किरण राईले नियुक्ति पाए। कोषाध्यक्षमा रविन्द्र जोशीले नै निरन्तरता पाए।
यता, विदेशी सम्बन्ध प्रमुखमा नवीन पाण्डे पुनः दोहोरिए।अघिल्लो कार्यसमितमै जर्मन नागरिकलाई नियुक्ति दिएपछि तत्कालिन अध्यक्ष कर्माछिरिङ विवादमा तानिएका थिए।अध्यक्षलाई आफ्नो वरियता भन्दा तल राख्न थालेपछि कर्माले पनि पाण्डेको कुरा कम सुन्न थाले। यसपछि पाण्डेले आफ्नो बोली नबिकेको ठान्दै राजीनामा दिए।
तीन नियुक्ति पहिलो बैठकबाटै गरेपछि विवाद भयो। पूर्वअध्यक्ष गणेश थापाले त सामाजिक संजालमा पाण्डेको नियुक्ति विधान विपरित भएको भन्दै आरोपनै लगाए। त्यति लेखेपछि थापाले पाण्डेलाई फेसबुकबाट ‘ब्लक’ नै गरे।
उनै थापा र पाण्डेसहितको टिमबाट अध्यक्षमा निर्वाचित नेम्बाङ हाल निकै तनावमा छन्। पाण्डेका अनुसार काम भए थापा रिसाउने। थापाका अनुसार काम भए पाण्डे रिसाउने। जसका कारण केही नियुक्ति अझै हुन सकेको छैन।
हाल एन्फाको प्रवक्ताको विषयमा ठूलै रस्साकस्सी चलिरहेको छ। कसलाई नियुक्त गर्ने भनेर। हाल प्रवक्ताका लागि थापा पक्षबाट सुरेश शाह देखिएका छन्। शाह नै बलिया प्रत्यासी समेत भएको फुटबल जानकारहरू बताउँछन्।
निर्वाचत समितिमा रहेका बद्री भट्टराई समेत एन्फा प्रवक्ताको प्रत्यासी देखिएका छन्। उनी पाण्डे र नेम्बाङ पक्षबाट दाबेदार छन्। तर, चार वर्षका लागि निर्वाचन समितिमा रहेका भट्टराई प्रवक्ता हुन नसक्ने जानकार बताउँछन्।
‘आगामी चार वर्षका लागि निर्वाचन समितिमा बसेको मान्छे कसरी प्रवक्ता हुन्छ रु, अझ चुनावको पूर्ण नतिजा आएको छैन।’ एन्फा स्रोत भन्छ।
हालसम्म १३ सदस्यमध्ये ११ निर्वाचित भएका छन्। बाँकी चार सदस्यको सामान ३९ मत आएपछि विशेष साधारणसभाबाट दुईको टुंगो लाग्ने भएको छ । यसैले पनि भट्टराईको नियुक्ति गर्न नहुने जानकार बताउँछन्।
यता, शाह भने वरिष्ठ पदका उम्मेदवारी नदिइ प्रवक्ताको पर्खाइमा थिए। पाँचथर फुटबल संघका अध्यक्ष समेत रहेका शाहलाई कर्मा समूहबाट उपाध्यक्ष प्रस्ताव नआएको पनि हैन तर, तत्कालिन समय एक नम्बर प्रदेश एक ढिक्का भएपछि शाहले यस टिमलाई छाड् सकेनन्। तर, भट्टराईको ‘इन्ट्री’ सँगै शाह तनावमा छन्।
अब, बस्ने एन्फाको कार्यसमिति बैठक मिति भने तय भएको छैन। विधानअनुसार सात दिनअघि नै केन्द्रीय सदस्यलाई एजेण्डा पठाउनु पर्ने हुन्छ तर, त्यसअघि भट्टराई वा शाहको प्रवक्ता हुनेछ त्यसको भने दौडधुप सुरु भएको छ।