नेपालका भीआईपीलाई सुरक्षा थ्रेट कति ?

रातोपाटी

राजेश भण्डारी

बन्दुकमाथि प्रतिबन्ध लगाइएको जापानमा बन्दुकसम्बन्धी हिंसाका घटना बिरलै हुन्छन् तर, नारा सहरमा भाषण गरिरहेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार गोली प्रहार भयो।

अपरिचितले हानेको दुई गोलीमध्ये पछाडिबाट एउटा गोली लागेर सिन्जो ढले। उपचारकै क्रममा उनको निधन भयाे। सिन्जो तिनै नेता हुन्, जसले स्वास्थ्यमा समस्या देखिएपछि सन् २०२० मा राजीनामा दिएर जनतासामु माफी मागेका थिए।

नेपालमा पनि बेलाबेला भीआईपी र भीभीआईपीहरुमाथि भौतिक आक्रमण हुने गरेको छ। २०६९ मंसिरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदम कुँवरले थप्पड हानेका थिए। प्रचण्डमाथिको आक्रमण त्यतिमै रोकिएन, २०७६ फागुन १८ मा उनलाई रतन तिरुवाले जुत्ता प्रहार गरे।

प्रकाशित मिति: : 2022-07-08 17:10:00

प्रतिकृया दिनुहोस्