इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजलाई भित्र्याउन अन्तिम तयारी गरिरहेको छ।
२४ वर्षीय अर्जेन्टिनी युवा स्टार खेलाडी हाल नेदरल्यान्डको अजाक्समा अनुबन्ध छन्। युनाइटेड केही दिनदेखि मार्टिनेज भित्र्याउने दौडमा शीर्षस्थानमा छ। आज नै युनाईटेड यो सम्झौतालाई पूर्ण गराउन चाहन्छ।
यस्तै, युवा स्टार खेलाडीलाई भित्राउन प्रिमियर लिग क्लब आर्सनलसमेत अग्रपंक्तिमा देखिएको छ। मार्टिनेजले अर्जेन्टिनाबाट सात खेल खेलेका छन्।
सन् २०१९ मा अजाक्समा जोडिएपछि मार्टिनेजले १२० खेल खेलका छन्। युनाइटेड नयाँ म्यानेजर एरिक टेन हाङको अन्डरमा दोस्रो सम्झौता नजिक छ। यस्तै, युनाइटेड क्रिष्टियन एरिक्सेनसँग समेत सम्झौता नजिको बुझिएको छ।