नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ।

सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो।

जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको छन्। प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ।

प्रतियोगिताका लागि कान्तिपुर क्पापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो। जसअन्तर्गत कान्तिपुर क्यापिटलको मालिक महेश्वर स्वार (नेपाल), लुम्बिनीको मालिकमा सञ्जय शर्मा (अमेरिका), विराटनगरको बिक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन्।

क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने  जनाएको छ। प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद् (रापेख) र आईसिसीले मान्यता दिइसकेको छ।

प्रकाशित मिति: : 2022-07-18 16:55:00

प्रतिकृया दिनुहोस्