‘दिल ढुड्ता ए फिर वही फुर्सद के रात दिन’, ‘एक अकेला यीस शहर मे रात मे हो या दो पहरमे’जस्ता सुपरहिट गीतका गायक भुपेन्द्र सिंहको सोमबार (१८ जुलाई २०२२) को दिन मुम्बईमा निधन भएको छ।
सिनेमाको गीतको साथै गजल गायनमा पनि आफ्नो क्षमता देखाएर दर्शक स्रोताको मन मस्तिष्कमा छुट्टै छाप छोड्न सफल गायक सिंहको जन्म ६ फरवरी १९४० को दिन पन्जाबको पटियालामा भएको थियो।
सुमधुर स्वरको साथै कुशल गितार बादक पनि रहेका गायक सिंहकी पत्नी मिताली सिंह मुखर्जी पनि प्रख्यात गजल गायिका हुन्। गायक सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथै हिन्दी सिने क्षेत्रका गायक तथा कलाकारहरुले दुख प्रकट गरेका छन्।