१४ वर्षीया अपेक्षाले बनाएको वीरेन्द्रनगरमा खानेपानी ल्याउने योजना

सेतोपाटी

दिपकजंग शाही

कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानी पूरानै समस्या हो।

वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गराइरहेको सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार उपत्यकामा दैनिक ३ करोड ३६ लाख लिटर पानीको माग छ। आपूर्ति भने जम्मा ४९ लाख लिटरमात्र हुन्छ। 

खानेपानी अभाव कसरी समाधान गर्ने भन्ने बहस बल्ल सुरू भएको छ, समाधानका उपाय खोजिँदैछन्। 

खानेपानीको समाधान खोज्नेमध्ये एक हुन् वीरेन्द्रनगर-१२ की १४ वर्षीया अपेक्षा गुरूङ। 

कर्णाली  प्रदेशमा  सञ्चालित ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानमार्फत् वर्षमा एकदिन वृक्षारोपण दिवस मनाउन सुरू गरेको छ। असार ३२ गते पहिलोपटक यो दिवस मनाउन लागिएको थियो। काँक्रेविहारमा औपचारिक रूपमा सुरू गर्ने कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पनि बोलाइएको थियो।

उक्त कार्यक्रममा अपेक्षाले  मुख्यमन्त्री शाहीलाई आफ्नो चित्रकला देखाइन्। आफ्नो चित्रकलामार्फत् वीरेन्द्रनगरमा खानेपानीको योजना बनाएको पनि उनले बताइन्। 

प्रकाशित मिति: : 2022-07-19 11:08:00

प्रतिकृया दिनुहोस्