धनुस अभिनित ‘द ग्रे म्यान’ नेटफ्लिक्समा रिलिज हुँदै

File photo
File photo

भारतीय अभिनेता धनुषको हलिउड फिल्म ‘द ग्रे म्यान’ २२ जुलाईबाट नेटफ्लिक्समा रिलिज हुने भएको छ। धनुषको यो हलिउड डेब्यू फिल्म हो।

उक्त फिल्म भारतका केही हलमा जुलाई १५ देखि नै रिलिज भइसकेको छ। 

फिलममा काम गर्दा आफूलाई जिम्मेवारी महसुस भएको बताउँदै धनुषले भने, ‘यो फिल्ममा काम गर्दा म कति पनि नर्भस भइनँ।

जब पश्चिमी देशले भारतका प्रतिभाहरू हेरिरहेका छन्, मैले महसुस गरेँ कि उनीहरूबाट थप प्रतिभा लिएर आउनु पर्छ, मेरो दिमागमा त्यही कुरा थियो।’

‘मैले कुनै दबाब महसुस गरिनँ। रुसो ब्रदर्ससँग काम गर्न सरल र सहज भयो। उनीहरूले पात्रको बारेमा कुरा गर्दै सजिलो वातावरण सिर्जना गरिदिएका थिए,’ उनले पुन भ

यो फिल्मलाई रुसो ब्रदर्स अर्थात् जो र एन्थोनीले निर्देशन गरेका हुन्। 

प्रकाशित मिति: : 2022-07-20 16:07:00

प्रतिकृया दिनुहोस्