नेपाल भलिबल संघ (एनभीए)को आठौं पूर्ण बैठक सुरु भएको छ। भक्तपुर दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो। संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बसिएको बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ।
वर्तमान कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको थिएन।
आजको बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवादको समाधान, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवादको बारेमा पनि छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ।