नरेश खातीको ‘यो तिजैमा म आउन पाइन’ नामक तिज गीत सार्वजनिक भएको छ।
सो गीत गत शुक्रबार मेक्सम नरेश युटुब च्यानलमार्फत रिलिज गरिएको छ। गीतको शब्द संगीत खाती आफैले गरेका छन्।
उक्त गीतमा स्वर भने जयन्ता मगरको रहेको छ। हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको लागि गीत सार्वजनिक भएको हो।
यस गीतमा विशेष विवाहति छोरी र आमाको कथालाई देखाइएको छ। आमाको भूमिकामा लक्ष्मी गिरी र छोरीको भूमिकामा सारिका केसीको अभिनय रहेको छ।