कति सुरक्षित छ विशिष्ट व्यक्तिको सुरक्षा?

हिमाल खबर

काठमाडाैँ

गत जुलाई ८ (असार २४) मा साना हतियारमाथि पूर्ण प्रतिबन्धित जापानको नारा शहरमा जापानी पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई एक व्यक्तिले घरेलु पेस्तोल दागेर हत्या गरे। नेपालमा इजाजत प्राप्त र अवैध साना हतियार छ्यापछ्याप्ती रहेको कुरा काठमाडौंका डनको रजगज र पेस्तोल देखाएर फिरौती माग्नेको समाचारले पुष्टि गर्दै आएको छ।

तर, विदेशमा जस्तो यहाँका 'भीआईपी'/'भीभीआईपी' अर्थात् विशिष्ट र अति विशिष्ट व्यक्तिका रूपमा रहेका राजनीतिक नेताहरूलाई सानो हतियारबाट हमला भएको घटना आजसम्म भएको छैन।

यसको अर्थ, नेपाली शीर्ष नेताहरूलाई आफ्ना भिजिलान्ते र सरकारले खटाएका सुरक्षाकर्मीले सुरक्षा दिंदादिंदै पनि उनीहरूमाथि भौतिक आक्रमण हुँदै नभएको भने होइन।

२०६९ मंसीरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई काठमाडौं भृकुटीमण्डपको कार्यक्रममा बाग्लुङका पदम कुँवरले झापड हाने भने २०७६ फागुनमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा जुम्लाका रतन तिरुवाले जुत्ता प्रहारको प्रयास गरे। त्यस्तै, २०६७ माघ ८ गते एक सार्वजनिक कार्यक्रममा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले झापड हाने, जसको १५ दिनमै खनाल प्रधानमन्त्री बनेका थिए। 
 

प्रकाशित मिति: : 2022-07-25 18:23:00

प्रतिकृया दिनुहोस्