डरले निदाउँदैनन् ज्योतिनगरका बासिन्दा

सेतोपाटी

काठमाडाैँ

आकाश मडारिएर पानी पर्न थालेपछि बुटवलको ज्योतिनगरकी विष्णुकुमारी रायमाझीलाई घरभित्र पस्न डर लाग्छ। एक वर्ष पहिले घरमाथिबाट झरेको पहिरोले आफ्नोसहित छिमेकीका एक दर्जन घर बगाएको दृश्य विष्णुकुमारीले बिर्सेकी छैनन्।

विष्णुकुमारी मात्र होइन। ज्योतिनगरकै सावित्रा अर्याललाई पनि आकाशमा कालो बादल देखिन थालेपछि रात नपरे हुन्थ्योजस्तो लाग्छ। आकाश कालो बादलले ढाक्न थालेपछि उनको मन अत्तालिन थाल्छ।

गत वर्ष भदौमा झरेको चुरेको पहिरोले ज्योतिनगरका एक दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो। विष्णुकुमारी र सावित्राका घर पनि पुरिएका थिए। 

पहिरोले केही घर बगाएर परिवार नै विस्थापित भए पनि विष्णुकुमारी र सावित्राको परिवार भने घरभित्र पसेको पहिरो पन्छाएर त्यहीँ बसेका छन्। पहिरोको जोखिम छँदै छ।

आकाशबाट पानी पर्न थालेपछि उनीहरूको मनमा पनि पहिरो जान सुरु गर्छ। घरभित्र पस्नु कि नपस्नुजस्तो हुन्छ। नपसौँ कहाँ जानु! पसौँ कुन बेला बगाउने हो!

पाल्पाको अगाहखोलामा रहेको जग्गाजमिन बचेर विष्णुकुमारीको परिवार बुटवल उपमहानगर, वडा नम्बर तीनको ज्योतिनगरमा बसाइँ सरेको हो।

प्रकाशित मिति: : 2022-07-25 18:37:00

प्रतिकृया दिनुहोस्