नेपालकाे साफ यु– २० यात्रा : सानदार सुरूवात, लज्जास्पद अन्त्य

भारतमा जारी साफ यु– २० च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज दिउँसाे ४ बजे स्वदेश फर्किँदैछ। भारतसँगकाे लज्जास्पद हार र बंलादेशसँग बराबरीमा राेकिएपछि नेपालकाे फाइनल यात्रा टुंगिएको थियाे।

सानदार सुरूवात

भारतकाे भुवनेश्वरस्थित कालिगा रङ्गशालमा भएकाे उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० पराजित गर्दै सानदार गर्दै सुरूवात गरेकाे थियाे। उक्त खेलको ४२औँ मिनेटमा दीपेश गुरुङकाे गाेलबाट नेपालले आग्रता लिएकाे थियाे। त्यस्तै खेलकाे ५८औँ मिनेटमा सुगम सुवाले काउनटर अटयाक गरी गाेल गर्न सफल भएका थिए।

खेलकाे ६१औँ मिनेटमा कुतहारतन छुनजुले गरेकाे उत्कृष्ट गाेलले नेपाललाई ३-० काे आग्रता दिलाएकाे थियाे र खेलकाे इञ्जुरी समयमा वैकल्पिक खेलाडी मनगयले गाेल गरी नेपालले आफ्नाे पहिलाे खेलमा जित निकालेकाे थियाे।

दाेस्राे खेलमा श्रीलंकामाथि जित

गतहप्ता बुधबार भएकाे दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध ३-० काे सहज जित हात पार्ने सफल भयाे। श्रीलंकासँग भएकाे खेलमा खेलकाे ५८औँ मिनेटमा कप्तान आयुश घलानकाे गाेलबाट नेपालले आग्रता लिएको थियाे। त्यस्तै खेलकाे ६५औँ मिनेटमा कितशरतन छुनजले गरेकाे गाेलबाट नेपाली टाेलीमा झन आशा जागयाे। र, खेलकाे ८३औँ मिनेटमा मनगयले गरेकाे गाेलले नेपालकाे आग्रता कायम रह्याे। छुनजु र मनगयले पहिलाे खेलमा पनि १-१ गाेल गरेका थिए। उक्त खेल खेलिसकदा नेपालले ६ अङ्क जाेडेर खेलकाे पहिलाे स्थानमा पुग्न सफल भएकाे थियाे। 

तेस्राे खेलमा भारतसँग लज्जास्पद हार

नेपालले गत आइतबार भारतकाे भुवनेश्वर रङ्गशालामै आफ्नो तेस्रो खेल भारतसँग खेलेकाे थियाे। साे खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्याेहार्नु पर्‍याे। नेपाल भारतसँग ८ गाेलले पराजित भयाे। भारतसँग खेल्नुअघि नेपालले दुई खेल कुनै पनि गाेल नखाई जितेकाे थियाे। दुई खेल जितेपछि नेपाली टाेलीलाई भारतविरुद्ध जित निकाल्ने ठुलो आशा थियो। नेपालले भारतसँग भएकाे खेलमा पहिलाे हाफमा १ गाेल खाएकाे थियाे। भने, दोस्रो हाफमा लगातार ७ गाेल खान पुग्याे। श्रीलंका र माल्दिभ्सको खेलमा राम्रो डिफेन्स देखिए पनि भारतसँग भएकाे खेलमा नेपालकाे डिफेन्स निकै कमजाेर देखिएकाे थियाे।

बंलादेशसँग बराबारी राेकिँदा फाइनल पुग्ने सपना अधुरै

नेपालले आफ्नो अन्तिम र फाइनल पुग्नको लागि बंगलादेशविरुद्ध मंगलबार प्रतिस्पर्धा गरेको थियाे। याे पटक पनि नेपालाई भाग्यले साथ दिएन नेपाल र बंगलादेशबीकाे खेल १-१ काे बराबरीमा राेकियाे। खेलकाे दोस्रो हाफामा खेलाडीहरूबीच भएकाे विवादले दुबै टाेली १०-१० खेलाडीमा सिमित रहे। नेपालका खेलाडी दीपेश गुरुङले राताे कार्ड पाएका थिए। याे बिचमा भएकाे तनावग्रस्त अवस्थाले पनि नेपाली खेलाडीकाे मनाेबल घट्याे।

कहाँ चुक्याे नेपाल ?

नेपालले दुई खेल सहज रूपमा जितेपछि खेलाडी तथा फुटबल प्रेमीहरुमझ एउटा आशाको किरण जागेकाे थियाे। माल्दिभ्ससँग खेलकाे ६१औँ मिनेटमा कुितशरतन छुनजुले गरेकाे उत्कृष्ट गाेलकाे चौतर्फी तारिफ भयाे। माल्दिभ्ससँग भएकाे खेलमा नेपालकाे डिफेन्स तथा अटायकिङ एकदम राम्रो थियो। जसले गर्दा नेपालले सहज जित निकल्न सफल भयाे।

नेपालले दोस्रो खेल श्रीलङ्कासँग खेलेकाे थियो। नेपालकाे साे खेलमा पनि डिफेन्स एकदम राम्रो थियो। सो खेलमा कप्तान आयुश घलानले गरेकाे गाेलकाे बयान सबैतिर भयाे। नेपाली टाेलीले शृङ्खलाविरूद्ध पनि जित निकल्न सफल भयाे।

तेस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। सदाझै यसपटक पनि भारतकाे अगाडि नेपालकाे केही लागेन। नेपाल सधैं भारतसँग मात्रै किन पराजित हुन्छ ? भारतविरूद्धकाे खेल भनेपछि खेलाडी मात्र नभई, फुटबल प्रेमीको मनमा पनि चिसाे पस्न थालिहाल्छ।

गत आइतबार भएको खेलमा नेपालले ८-० काे लज्जास्पद हार व्याेहाेर्नु पर्‍याे। दुई खेलमा जित हात परेको टाेलीले भारतविरूद्धकाे खेलमा १ गाेल पनि फर्काउन नसकेपछि जनमानसमा याे कुराकाे चासाे बढ्दै गएकाे छ।

भारतविरूद्धकाे खेलमा नेपालकाे डिफेन्स एकदम कमजाेर देखिएको थियाे। उक्त खेलमा नेपाल यतिसम्म कमजाेर थियाे कि भारतका खेलाडीले नेपाली खेलाडीकाे खुट्टामा बल टिक्नै दिएका थिएनन्। भारतसँग भएकाे कमजाेर डिफेन्स र अटयाकिङले याे प्रष्ट हुन्छ कि नेपालले अहिले पनि बलियाे टिमकाे सामना गर्न सक्दैन। डिफेन्सी कमजाेर र अटयाकिङ गर्न नजान्दा यसपटक पनि नेपालकाे उपाधि जित्ने सपना अधुरै रह्याे।

नेपालले आफ्नाे अन्तिम खेल बंगलादेशसँग खेलेको थियाे। साे खेलमा नेपालका खेलाडीले राताे कार्ड समेत पायाे। खेलकाे दोस्रो हाफमा भएको हात हालाका कारणा दुबै टाेली १०–१० खेलाडीमा सिमित रहे। साे खेलमा पटक–पटक फोउल भयाे। उक्त खेलमा नेपाललले अटायकिङ गर्न नसक्दा तथा फोउल धेरै हुँदा खेल राम्राे हुन सकेन।

सर्वप्रथम नेपालकाे खेल क्षेत्रलाई हेर्दा नेपालमा खेलाडीहरुको भविष्य कएदम चिन्ताजक छ। वर्षमा एक/दुई पटक मात्रै खेल हुने गर्छन्। त्यसमाथि पनि खेलकाे लागि आवश्यक संरचना नै छैनन्।

खेलाडीहरुको पिर मर्का र बाध्यता एनफाले बुझ्नुपर्ने राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी विमल घर्तीमगर बताउँछन्। ‘म आफैं पनि खेलाडी भएकाे कारण धेरै कुराकाे असुविध भए पनि राष्ट्रको लागि खेलेमा हार हुँदैमा हिम्मत नहार्न र अझै बढी हौसला राखेर खेल्नुपर्ने हुन्छ,’ उनले फेसबुकमा लेखेका छिन्।

प्रकाशित मिति: : 2022-08-04 09:25:00

प्रतिकृया दिनुहोस्