मोरङको उर्लाबारी मंगलबारेस्थित सालबारी एकता क्लबको आयोजनामा जारी सालबारी भेट्रान च्यालेन्ज कपको सेमिफाइनल समिकरण पूरा भएको छ।
आज भएको खेलमा मंगलबारे भेट्रान टिम र थापाडाँगी भेट्रान टिमले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।
आज भएको पहिलो खेलमा मंगबारे भेट्रानले सुनझोडा भेट्रान टिमलाई २-३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो।
जितका लागि मंगलबारेको तर्फबाट पेनान्टी मार्फत पहिलो गोल विजयी माझीले गरेका थिए।
टिमका लागि माझीले नै थप एक गोल गरेका थिए। मंगलबारेका लागि तेस्रो गोल लेखबहादुर धिमालले गरेका थिए। आज भएको पहिलो खेलको 'म्यान अफ दि म्याच' विजयी माझी घोषित भए।
सुनझोडालागि ज्ञानबहादुर धिमाल र सन्तोष राईले गोल गरेपनि जित हासिल गर्न सकेन र प्रतियोगिताबाट बाहिरिए।
यस्तै आज भएको दोस्रो खेलमा थापाडाँगी भेट्रान टिम विजयी भएको छ। थापाडाँगीले मंगलबारेको बोर्डिङ शिक्षक टिमलाई २-० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको छ।
थापाडाँगिलाई जित दिलाउने क्रममा दुवै गोल महेश लिम्बूले गरेका थिए। खेलको 'म्यान अफ दि म्याच' थापाडागिका युवराज मास्के बने।
भोलिको पहिलो सेमिफाइनल खेल थापाचौक व्यापारी टिम र आजको विजेता मंगलबारे भेट्रान टिमका विचमा हुने भएको छ भने दास्रो सेमिफाइनल थापाडाँगी भेट्रान र मदन भण्डारी शिक्षक टिमका विचमा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा उर्लाबारी मंगलबारेका ८ टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजयी टिमले नगद १२ र उपविजेतले नगद ९ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने सालबारी एकता क्लवका अध्यक्ष विजयी माझीले बताए।