पर्यटकीय नगरीमा कलाको अपमान : उपेक्षामा कोमागाने पार्कका मूर्ति (फोटो फिचर)

Breaknlinks
Breaknlinks

पर्यटकीय नगरीसँगै कला, साहित्य विधामा पनि उच्च स्थानमा आउँछ पोखराको नाम। पोखरा पर्यटकीय नगरीका रुपमा चिनिए जस्तै, वात्सायायन र सरुभक्तको सहरले पनि चिनिन्छ।

हो, नेपाली कलासाहित्यका अब्बल हस्तिका नाम लिँदा पोखरा अग्र पंक्तिमै आउँछ। पोखराले ख्यातिप्राप्त कलाकर्मीहरु जन्माएको छ।

०००

९ वर्षअघि फेवा किनारको कोमागाने पार्कमा ढुंगाका मूर्ति बने। स्वदेशी विदेशी गरी १४ मूर्तिकारले आफ्नो सीप कौशल प्रयोग गरेर मूर्ति त बनाए। तर, कलाकै अपमान हुने गरी कोमागाने पार्कमा बनेका ढुंगाका मूर्तिलाई उपेक्षा गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को करिब १ करोड रुपैयाँ खर्चेर बनाइएका ढुंगाका अमुल्य कलाकृति, ढुंगामै सिमित पारिएको छ। पार्कभरि उम्रेका झारले पार्क हो कि होइन ठम्याउन पनि गाह्रो पर्छ। कहिलेकाहीँ गाईवस्तु चरन क्षेत्र जस्तो पनि देखिन्छ।

नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, मानिस, बुद्ध, बज्र योनी, हिमाल लगायतका मूर्ति पार्कमा बनेका छन्। तर, अमुल्य कलाकृतिबारे पोखरेलीले माल पाएर चाल नपाएका हुन् कि वास्ता नगरेका हुन्। पार्कको संरक्षण गर्न न कुनै संरक्षण गर्ने निकाय नै बनेको छ। न कसैको आँखा परेको छ। कोमागाने पार्कका अमुल्य कलाकृति बेवास्तामा परेको छ।

प्रकाशित मिति: : 2022-08-05 11:04:00

प्रतिकृया दिनुहोस्