भारतमा चुनाव प्रचारको समय १४ दिन, जापानमा १२, नेपालमा किन ३९ दिन?

सेतोपाटी

मनोज सत्याल

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनाव प्रचारप्रसारको समय बढाएको छ। २०७४ को निर्वाचनमा ३० दिन समय दिएको आयोगले यसपटक ३९ दिनको समय दिएको छ।

प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्नेछ। प्रचारप्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुन्छन्। विकास निर्माणदेखि जनताका काम सुस्त हुन्छन्। त्यसैले विश्वका अधिकांश मुलुकले निर्वाचन खर्च घटाउन प्रचारप्रसारको समय कटौती गर्न थालेका छन्।

प्रकाशित मिति: : 2022-08-11 23:15:00

प्रतिकृया दिनुहोस्