माओवादी स्थायी कमिटी बैठक स्थगित 

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ।

साेमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक मंगलबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको हाे।

नेताहरुको कार्यव्यस्थताका कारण बैठक सरिएकाे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको थियाे।

प्रकाशित मिति: : 2022-08-15 13:54:00

प्रतिकृया दिनुहोस्