बाइडेनद्वारा जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर 

File photo
File photo

अमेरिकी राष्ट्रपति जो बाइडेनल जलवायु परिवर्तन र स्वास्थ्य हेरचाह खर्चसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। राष्ट्रपतिको हस्ताक्षरसँगै यसले कानुन स्वरुप लिएको छ। मुद्रास्फीति न्यूनीकरण ऐन भनिने यो कानूनलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने सबैभन्दा ठूलो प्रतिबद्धताको रूपमा लिएको थियो।

‘एउटा राष्ट्रलाई रूपान्तरण गर्न सकिन्छ, जुन अहिले भइरहेको छ’, बाइडनले भने। विधेक पारित भएसँगै सरकारले हरित ऊर्जा पहलमा लगभग ३७० अर्ब डलर खर्च गर्नेछ। ‘यो दिन भविष्यका पुस्ताहरूले जीवाश्म ईन्धन उद्योगविरुद्धको छालको रूपमा हेरिने सिएरा क्लबका अध्यक्ष रामोन क्रुजले बताए।
 

प्रकाशित मिति: : 2022-08-17 12:07:00

प्रतिकृया दिनुहोस्