नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० को लागि खेलाडी दर्ता खुला गरेको छ।
क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो। क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ।
दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९ राष्ट्रिय टिममबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरुमा सहभागी खेलाडीहरुलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ।
क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ। असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी २० क्यानको आधिकारिक प्रतियोगिता हो।
यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।