फ्रान्समा भएको सय किलोमिटर अल्ट्रा दाैडमा नेपालकी सुनमाया दाेस्राे

विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको सय किलोमिटर दौडमा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन्। 

शुक्रबार राति फ्रान्समा सम्पन्न दौड प्रतियोगितामा उनले सय किलोमिटर दौड ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा गरेकी थिइन।

फ्रान्सकी ब्लाडिन प्रथम भइन। उनले ११ घन्टा ४० मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। 

तेस्रो अमेरिकाकी अबी हलभन्दा सुनमायाले २७ मिनेट पहिले दौड पूरा गरेकी थिइन्। हलले १२ घन्टा १२ मिनेट ५६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। 

द नर्थ फेस एडभेन्चर टिममा आबद्ध सुनमायाले यसअघि थाइल्यान्डमा भएको दौडमा भने शीर्ष स्थान हात पारेकी थिइन्।

गत बर्ष ’थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा जुम्लाकी सुनमाया महिलातर्फ पहिलो हुन सफल भइन्। 

त्यसबेला उनले १ सय १० किलोमिटर दौडतर्फ पुरूष खेलाडीहरुलाई समेत टक्कर दिएकी थिइन। 

अल्ट्रा तर्फकै ठूलोमध्ये एक युटिएमबी दौडमा पुरूष र महिलातर्फ समग्र नतिजामा तेस्रो भएर देशकै इज्जत राख्न सफल सुनमाया एकपछि अर्को सफलता हात पार्दै गएकी छन्।

प्रकाशित मिति: : 2022-08-28 07:00:00

प्रतिकृया दिनुहोस्