नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ।
नैरोबीस्थित क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ। जुन खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेवाट सुरु हुनेछ।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ। आजको खेल जित्नेले टी–ट्वान्टीको अन्तर्राष्ट्रिय सिरिज जित्नेछ।