विश्वकपको ट्रफी भक्तपुर राखिदै 

आइसीसी टी-२० विश्वकपको ट्रफी बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राख्न लागिएको छ।

ट्रफी सोमबार नेपाल ल्याइएको थियो। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यले ट्रफी प्रदर्शनीमा राखिएको हो। मंगलबार ट्रफी सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थरमा राखिएको थियो।क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। टी(ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ। विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ।

विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ। विश्वकपको ट्रफी निशान कम्पनीले विश्वभर प्रदर्शन गरिरहेको हो।

प्रकाशित मिति: : 2022-08-31 07:24:00

प्रतिकृया दिनुहोस्