रोल्पामा एक दम्पतीको हत्या

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ।

परिवर्तन गाउँपालिका–२ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनको श्रीमती ३७ वर्षीया पार्वतीको हत्या भएको हो।

घटना भदौ १४ गते तीज पर्वको राति भएपनि १५ गते दिउँसो मात्रै स्थानीयले थाहा पाएका थिए।

स्थानीयले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याएको पनि प्रहरीले जनाएको छ। श्रीमतीको माइतीघर खोटाङ भएको बताइएको छ। पुन दम्पतीले केही वर्षअघि काठमाडाैँ इँटाभट्टामा काम गर्न जाँदा उतै विवाह गरेको बताइएको छ।

प्रकाशित मिति: : 2022-09-01 16:22:00

प्रतिकृया दिनुहोस्