नैरोवीस्थित जिमखाना मैदानमा एकदिवसीय जारी खेलमा केन्याले नेपाललाई २१९ रनको चुनौती दिएको छ।
पाहुना टोली नेपाललाई केन्याले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रन जोडेर उक्त चुनौती दिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाए पनि पाँचौं विकेटका लागि राकेप पटेल र कोलिन्स यबुयाले १३० रनको शतकीय साझेदारी गर्न सफल भएर नेपालसामु २१९ रनको चुनौती प्रस्तुत गरेको हो।
राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन र कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको पारी खेले। केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन जोडे।
केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले ३–३, आदिल आलम र पवन सर्राफले १–१ विकेट लिएका थिए। नेपाल जवाफी ब्याटिङ सुरु गरेको छ।