स्पेनिस ला लिगा : बार्सिलोना र रियल मड्रिडको जित

File photo
File photo

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन्।

रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो।

२१औं मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। ३६औं मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे। ५०औं मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो। बार्सिलोना १० अंक सहित दोस्रो स्थानमा छ।

यता, अर्को खेलमा रियल बेटिसमाथि २–१ को जित निकाल्दै साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा सतप्रतिशत जित यात्रा कायम राखेको छ।

सान्टियागो बर्नबेउमा घरेलु टिमको जित यात्रालाई कायम राख्न भिनिसियस जुनियर रोड्रिगोले गोल गरे। रियल बेटिसका सर्जियो क्यानालेसले गोल गरेका थिए।

जितसँगै चार खेलबाट १२ अंक जोडेको मड्रिड शीर्ष स्थानमा छ। यस्तै, समान खेलबाट ९ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ।
 

प्रकाशित मिति: : 2022-09-04 09:49:00

प्रतिकृया दिनुहोस्