जबरालाई कुर्दै महाअअभियोग सिफारिस समिति  

File Photo
File Photo

प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार पनि बयान लिँदै छ।

यसका लागि आइतबार बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ। मध्यान्ह १२ बजेपछि जबरा बैठक आउनेछन्। तर, यसअघि तयारीका लागि समितिको बैठक बसिरहेको छ।

४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ।

प्रकाशित मिति: : 2022-09-04 12:33:00

प्रतिकृया दिनुहोस्