‘ए’ र ‘बी’ डिभिजन विजेता क्लबले पाए पुरस्कार रकम

File Photo
File Photo

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ र ‘बी’ डिभिजन लिग विजेता टिमलाई लामो समयपछि पुरस्कार रकम प्रदान गरेको छ।

एन्फाले शुक्रबार ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिगका विजेता टिमलाई उपाधिको पुरस्कारसँगै ‘म्याच मनी’, प्रतियोगिताको उत्कृष्ट खेलाडी र ‘म्यान अफ दी म्याच’ को पुरस्कार वितरण गरेको छ।

एन्फाले ‘ए’ डिभिजन लिग सकिएको ६ महिना र ‘बी’ डिभिजन लिग सकिएको पाँच महिनापछि पुरस्कार रकम वितरण गरेको हो।

एन्फाले ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, दोस्रो भएको त्रिभुवन आर्मी फुटबल क्लबसँगै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका सुनिल बल, उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ र इमर्जिङ प्लेयर चुनिएका दिनेश हेन्जनलाई पनि पुरस्कार रकम दिएको हो।

यस्तै, एन्फाले ‘बी’ डिभिजन लिगको पनि लिग विजेता, उपविजेतासँगै ‘म्यान अफ दी म्याच’ र व्यक्तिगत पुरस्कार प्रदान गरेको हो।

प्रकाशित मिति: : 2022-09-09 14:46:00

प्रतिकृया दिनुहोस्