यु-१७ साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सुरुवाती ११ सार्वजनिक गरेको छन्।
चोटका कारण कप्तान प्रशान्त लक्ष्यम टोलीमा छैनन्। उनको स्थानमा सिमन्त थापाले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्।
त्यस्तै पहिलो खेलमा अवसर पाएका सिजन राईले पनि भारतविरुद्ध टोलीमा स्थान बनाउन सकेनन्। उनीहरुको स्थानमा लक्षु थापा र मिराक लिङ्देनले टोलीमा स्थान बनाएका छन्।
पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भुटान दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन्। दुवै टोली जितसहित समूह ‘बी’ को विजेता बन्ने दौडमा छन्।
नेपाली टोली
गोलकिपरः क्रिसल मोक्तान
रक्षकः सिमान्त थापा(कप्तान), अश्विन घोरासैनी,दिपक थापा मगर
मिडफिल्डरः युनिस बुढाथोकी , हरिस भट्ट,निशान्त तामाङ,मिराक लिङदेद, लक्षु थापा
स्ट्राइकरः निरोज कार्की, सुवास बम