राष्ट्रपति भण्डारी र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ।

सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालले जनाएको छ।

भेटमा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकबारे पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति: : 2022-09-12 21:17:00

प्रतिकृया दिनुहोस्