निर्वाचन आयोगले किन दियो असोज १ मा प्रतिनिधिसभाको कार्यकाल सकिने राय?

सेतोपाटी

मनोज सत्याल

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिन अर्थात् असोज १ देखि प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने राय संसद सचिवालयलाई दिइसक्दा पनि यससम्बन्धी अन्यौल यथावत् छ।

आयोगले २०७४ को निर्वाचनअघि तत्कालीन व्यवस्थापिका संसदको कार्यकाल अन्त्य हुँदाको अभ्यास स्मरण गराउँदै 'समान अवस्थामा फरक अभ्यास गर्नु उचित नभएको' राय संसद सचिवालयलाई प्रेस विज्ञप्तिमार्फत् पठाएको हो।

सभामुख अग्नि सापकोटाको बुझाइ भने फरक छ। उनले संविधानको धारा ९१ अनुसार प्रत्यक्षतर्फको मनोनयन दिनसम्म आफ्नो पदावधि कायम रहने बताएका छन्। सरकारले पनि प्रतिनिधिसभाको कार्यकालबारे कानुन संशोधन गर्ने प्रयास असफल भएपछि कुनै धारणा व्यक्त गरेको छैन।

प्रकाशित मिति: : 2022-09-13 05:57:00

प्रतिकृया दिनुहोस्