अजय देवगण र सिद्धार्थ मल्होत्राविरुद्ध उजुरी

File photo
File photo

अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ।

ट्रेलरलाई धेरै दर्शकले मन पनि पराइरहेका छन्। ट्रेलरमा राखिएको केही दृश्यका कारण अर्को पक्षले भने उजुरी दिएको छ।

ट्रोल आर्मी नामक सञ्जाल प्रयोगकर्ता समूहले फिल्म बहिस्कारको माग गरेको छ। उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दाबी गरेका छन्। यहीबीच अजय, सिद्धार्थ र फिल्मका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ। यी तीनजनामाथि धार्मिक भावनामा ठोस पु-याएको आरोप लगाइएको छ। वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन्। यो मामिलामा हिमांशुको बयान १८ नोभेम्बरमा रेकर्ड गरिएको छ।

ट्रेलरमा अजय चित्रगुप्त बनेका छन्। जो पाप र पुण्यको हिसाब गर्छन्। ट्रेलरमा उनलाई निकै छोटो कपडामा देखाइएको छ। यही दृश्यमा सामाजिक सञ्जाल प्रयोगकर्ता रिसाएका छन्। उजुरीमा अजयले आपत्तिजनक भाषाको प्रयोग गरिएको दाबी गरिएको छ।

‘चित्रगुप्तलाई कर्मको देवता मानिन्छ र उसले मानिसको राम्रो र नराम्रो कर्मको हिसाब गर्छन्। तर ट्रेलरमा देखाइएको चित्रगुप्तले धार्मिक भावनामा चोट पु-याएको जनाइएको छ। यो फिल्म २४ अक्टोबरमा रिलिज हुँदैछ।

प्रकाशित मिति: : 2022-09-14 17:08:00

प्रतिकृया दिनुहोस्