रूस र चीनका राष्ट्रपतिबीच भेटवार्ता

[Alexandr Demyanchuk/ Sputnik/Kremlin Pool Photo via AP]

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ।

रूसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीवार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो।

वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानूका लागि धन्यवाद दिएका छन्।

चीनले युक्रेनमा रूसी हमलाको समर्थन गरेको छैन, तथपि दुबै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।

यसअघि गत फेब्रूवरीमा आयोजित  शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा   सी र पुटिनबीच भेट भएको थियो।

प्रकाशित मिति: : 2022-09-16 03:51:00

प्रतिकृया दिनुहोस्