कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा बिरामी

BreaknLinks
BreaknLinks

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउन २ र ३ असोजको मिति तोकेको छ। जसकारण अहिले प्रमुख दलहरू समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल र बैठकमा केन्द्रित भएका छन्।

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति र पदाधिकारी बैठकसमेत बसिरहेको छ। समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने दिन नजिकिँदै जाँदा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विरामी परेका छन्।  

शर्माको केही दिनअघि अप्रेसन भएको थियो। अस्पतालबाट डिस्चार्ज भएका उनी अहिले घरमै आराम गरिरहेका छन्। महामन्त्री शर्माले आइतबारदेखि पार्टी कार्यालय गएर आफ्नो भूमिका निर्वाह गर्ने जानकारी दिए। 

अर्का महामन्त्री थापा भने बिहीबारदेखि बेड रेस्टमा छन्। डेंगुका कारण ज्वरो आएपछि अहिले उनी घरमै छन्।

बिहीबार उनको रगत परीक्षण गर्दा डेंगु पजिटिभ पुष्टि भएको थियो। पार्टीका दुवै महामन्त्री बिरामी भएपछि कांग्रेसले ६ जना सहमहामन्त्रीलाई समानुपातिकतर्फको बन्दसूची तयार पार्न जिम्मेवारी दिएको छ।  

प्रकाशित मिति: : 2022-09-16 16:06:00

प्रतिकृया दिनुहोस्