'यो युद्धको लागि उचित समय होइन'

PTI picture

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन्। 

नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो।

तर फेब्रूअरीमा मस्कोको सेनाले युक्रेनमा आक्रमण गरेपछि पहिलोपटक आमनेसामने भएको भेटमा मोदीले पुटिनलाई भने, ‘महामहिम, मलाई थाहा छ आजको समय युद्धको लागि उपयुक्त समय होइन।’

तेल र अन्य वस्तुहरूको मूल्य वृद्धिको कारण बनेको रूसी आक्रमणबारे रूसको विपक्षमा उभिन भारत चाहेको देखिएको छैन। 

उज्बेकिस्तानको समरकन्द शहरमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटमा उनले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका छन्।

उनीहरूबीच शान्तिको मार्गमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकोे मोदीले बताएका छन्।

युक्रेनमा रूसी सेनाले ठूलो युद्धभूमिको असफलताको सामना गरिरहेको बेला एससीओ शिखर सम्मेलन हुन लागेको छ र यसले पुटिनका लागि पश्चिमी प्रयासका बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो नभएको देखाउने अवसरको प्रतिनिधित्व गरेको छ।

‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको तपाईंको चिन्ता र स्थिति थाहा छ। यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न हामी सक्दो प्रयास गर्नेछौं,’ पुटिनले मोदीसँग भने। 

तर युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धभूमिमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पुटिनको दावी थियो। 

बिहीबार पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई भेटेर आफ्नो प्रमुख सहयोगी बेइजिङलाई पनि द्वन्द्वबारे ‘चिन्ता’ रहेको स्वीकार गरेको बताइएको छ। 

प्रकाशित मिति: : 2022-09-17 06:11:00

प्रतिकृया दिनुहोस्