व्यवस्था संघीय, सेवा काठमाडौंकेन्द्रित !

धनुषाका ३० वर्षीय अखिलेश मण्डलको १४ महिनाअगाडि मलेसियामा मृत्यु भयो।

साढे तीन वर्षअघि अखिलेशसँग बिहे गरेकी थिइन् ऋतु मण्डलले। पतिको मृत्युपछि उनी साढे दुई वर्षकी छोरी काखी च्यापेर सरकारले उपलब्ध गराउने राहतका लागि वैदेशिक रोजगार बोर्ड धाइरहेकी छन्। राहतबापत नियमअनुसार ७ लाख रुपैयाँ पाउने भए पनि अहिले उनले पाउने रकम २५ हजार रुपैयाँमा झरेको छ। बोर्डले उनलाई अब जम्मा २५ हजार मात्रै राहतबापत पाउने भनेको छ।

शव बुझेको एक वर्षभित्रै राहतका लागि निवेदन दिनुपर्ने प्रावधानका कारण उनले त्यो अवधिमा कागजात पेस गर्न सकिनन्। ‘घरपरिवार र माइती पक्षबीच राहत बुझ्ने विषयमा अझ सहमति भएको छैन। पटकपटक काठमाडौं आउन समय भएन। तीन पटकसम्म बोर्ड धाइसकें,’ उनले भनिन्। विपन्न परिवारकी ऋतु पतिको मृत्युपछि कसरी परिवार पाल्ने र छोरी कसरी पढाउने भन्ने चिन्तामा छिन्।  

प्रकाशित मिति: : 2022-09-20 08:56:00

प्रतिकृया दिनुहोस्