घट्दै अख्तियारको पक्षमा फैसला

गोरखापत्र

सूर्यप्रसाद पाण्डे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दामा आयोगको पक्षमा फैसला हुने क्रम घट्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ मा सो अदालतमा दायर गरिएका मुद्दामध्ये ८८.२४ प्रतिशत आयोगको पक्षमा फैसला भएको थियो तर आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा यो क्रम घटेर ३८.५१ प्रतिशतमा सीमित भएको छ। यो पछिल्लो १३ वर्षमा भएका फैसलाको सबैभन्दा कम हो।

आयोगले भ्रष्टाचारजन्य गतिविधिसँग सम्बन्धित उजुरीको प्रकृति हेरेर विशेष अदालतमा मुद्दा दायर गर्ने गर्छ। विशेष अदालतबाट प्राप्त फैसलाउपर पुनरावेदन तथा सम्बन्धित निकायमा सुझाव पेस गर्ने काम पनि आयोगले गर्दै आएको छ।

कतिपय उजुरी तथ्यहीन र प्रमाणविहीन देखिएमा तामेलीमा राख्ने गरेको छ। आयोगले विशेष अदालतमा दायर गरेका मुद्दामध्ये आर्थिक वर्ष २०६६/६७ मा आयोगको पक्षमा ५२.९ प्रतिशत फैसला भएको थियो। यो क्रम बढेर एक वर्षपछि ६२.७ प्रतिशतमा पुगेको थियो। आर्थिक वर्ष २०६८/६९ मा २६ प्रतिशतले बढेर आयोगको पक्षमा फैसला हुने दर ८८.१ प्रतिशत पुगेको थियो। 

प्रकाशित मिति: : 2022-09-23 06:23:00

प्रतिकृया दिनुहोस्