युइएफए नेसन्स लिगमाअष्ट्रियालाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ।
फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे। ५६औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ।
समूहको अर्काे खेलमा क्रोएसियाले डेनमार्कलाई २–१ ले पराजित गर्यो। क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले समान एक एक गोल गरे। डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए।
जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ। पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा छ।