ख्वप फुटसल टुर्नामेन्ट २०७९ सम्पन्न

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको ख्वप फुटसल टुर्नामेन्ट २०७९ बिहीबार सकिएको छ।

प्रतियोगिताको  छात्रतर्फ बीबीएस चौथौ वर्ष र छात्रातर्फ बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम हुन सफल भएका छन्।

खेलमा बीबीएस तेश्रो वर्ष सीलाई हराई बीबीएस चौथो वर्ष छात्रतर्फ प्रथम र बीबीएस तेश्रो वर्ष वीलाई हराउँंदै बीबीएस तेश्रो वर्ष सेक्सन सी प्रथम भएको हो।

प्रतियोगिताका विजयी टिमलाई कलेजको वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

प्रतियोगितामा कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा संकायमा अध्ययनतर स्नातकदेखि स्नातकोतर तहसम्मका विद्यार्थी सहभागी रहेका थिए।

प्रकाशित मिति: : 2022-09-29 19:52:00

प्रतिकृया दिनुहोस्