गगन थापा काठमाडौं ४ बाटै चुनाव लड्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्।

सर्लाही ४ बाट थापाको नाम एकल सिफारिस भए पनि उनी काठमाडौं ४ बाट चुनाव लड्ने भएका हुन्। ०७० र ७४ मा थापा काठमाडौं ४ बाट निर्वाचित भएका थिए।

महामन्त्री थापाले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्दै छन्।

प्रकाशित मिति: : 2022-10-09 10:23:00

प्रतिकृया दिनुहोस्