राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

File photo
File photo

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। उनले आइतबार झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्। 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। 

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार वटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ।

प्रकाशित मिति: : 2022-10-09 11:57:00

प्रतिकृया दिनुहोस्