युनेशको स्थानमा सरोज खेल्ने

एएफसी यु-१७ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आइतबार चाइनिज ताईपेइविरुद्ध प्रतिस्पर्धा गर्दैछ। 

सवा २ बजे सुरु हुने खेलका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपालको प्लेइङ सेट सार्वजनिक गरेका छन्। यसअघि थाइल्यान्ड र भियतनामविरुद्ध एकै खेलाडीलाई अवसर दिएका श्रेष्ठले ताईपेइविरुद्ध दुई परिवर्तन गरेका हुन्।  

युनेश बुढाथोकीलाई सरोज दर्लामी तथा विक्रम तामाङले आश्विन घोरासैनीलाई स्थानान्तरण गरेका छन्। ताईपेइविरुद्ध नेपाल ४-२-३-१ को रणनीतिमा उत्रने छ।

छनोटको अन्तिम खेलमा सुवास बमले नेपालको अग्रपंक्ति सम्हाल्नेछन्। उनलाई मिडफिल्डर निरज कार्की, सरोज दर्लामी र हरिसराज भट्टले साथ दिनेछन्। लक्षु थापा र कप्तान प्रशान्त लक्षम लिम्बूले सेन्टर मिडफिल्डरको भूमिका निभाउने छन्। रक्षकमा दीपक थापामगर, विक्रम तामाङ, सिमन्त थापा र निशान्त तामाङ रहनेछन्। गोलरक्षकमा कृशल मेक्तान छन्।

जारी प्रतियोगितामा नेपालले थाइल्यान्डविरुद्ध ३-० र भियतनामविरुद्ध ५-० को नतिजामा खेल गुमाएको थियो। नेपाल र चाइनिज ताईपेइ अन्तिम खेलमा सुखद् अन्त्यको खोजीमा छन्। 

प्रकाशित मिति: : 2022-10-09 13:42:00

प्रतिकृया दिनुहोस्