मोरङ–१ मा कांग्रेसका डिगबहादुरले गरे उम्मेदवारी दर्ता 

मोरङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति डिगबहादुर लिम्बूले प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गरेका छन्। 

उर्लाबारीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार दिउँसो लिम्बूसहित प्रदेशसभा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्। 

मोरङ १ को प्रदेश (क) माओवादीको भागमा परेको छ। यस क्षेत्रबाट निवर्तमान सांसद कुशल लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। एकीकृत समाजवादीको भागमा परेको प्रदेश (ख) मा उपेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।

एमालेबाट प्रतिनिधिसभामा घनश्याम खतिवडाले उम्मेदारी दर्ता गराइसकेका छन्। खतिवडा अघिल्लो निर्वाचनमा कांग्रेसका डिगबहादुरलाई पराजित गर्दै संसद बनेका थिए। यस पटक पनि लिम्बू र खतिवडाबिच प्रतिस्पर्धा हुँदैछ।

प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेतले उम्मेदवार दर्ता गराएका छन्।

प्रकाशित मिति: : 2022-10-09 15:49:00

प्रतिकृया दिनुहोस्