मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
घोराहीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेल उम्मेदवारी दर्ता गर्न तामझाम र र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ (क) मा एमालेकै बलिभद्र राना र २ (ख) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराएका छन्।