आरजुले गरिन् देउवाको उम्मेदवारी दर्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी उनकी पत्नी आरजु देउवाले दर्ता गराएकी छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर आरजुले उम्मेदवारी दर्ता गराएकी हुन्।

देउवाको प्रस्तावक कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौत र समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी छन्।

देउवा डेल्धुरामा २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका छन्। देउवाको यो आठौं निर्वाचन हो।
 

प्रकाशित मिति: : 2022-10-09 16:45:00

प्रतिकृया दिनुहोस्