रुस–युक्रेनयुद्ध :किभमा शृंखलाबद्ध विस्फोट

File photo
File photo

युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन्।

लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन्। मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन्। अन्य स्थानमा पनि विस्फोट भएका छन्। आक्रमणमा धेरै मानिसको मृत्यु भएको युक्रेनको आपत्कालीन सेवाले जनाएको छ।

रुसले विलय गराएको क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि ती विस्फोट भएका हुन्। क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विस्फोट गराएको रुसले दाबी गर्दै आएको छ। उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री  पठाउने मुख्य मार्ग रहेको थियो।

यसैबीच, क्रिमिया पुलमा भएको विस्फोटबारे छलफल गर्न रुसी सुरक्षा परिषद्को बैठक वस्दै छ। बैठकको अध्यक्षता रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गर्दै छन्।

प्रकाशित मिति: : 2022-10-10 13:52:00

प्रतिकृया दिनुहोस्