नेपाली चेस टोली बंगलादेश प्रस्थान

शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ। १२ देखि २१ अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहने छ। 

प्रतियोगितामा फिडेमास्टर विलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ।

पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका विलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाइसकेका खेलाडी हुन्।

प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्विटर निरन्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन्। प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम एवं सचिव उमेश केसीले त्रिभुवन विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका छन्।
 

प्रकाशित मिति: : 2022-10-11 13:38:00

प्रतिकृया दिनुहोस्