राष्ट्रको ऐनामा हरेकको मुहार देखिन्छ त ?

रातोपाटी

सन्तोष गौतम

सांस्कृतिक बहुलता विविधतापूर्ण र समुन्नत समाजको श्रोत हो । यो ज्ञानमा आधारित अर्थतन्त्रको मौलिक आधार समेत हो । विविधता समस्या नभएर अवसर हो र विविध सम्भावनाहरुको द्वार हो । तथापि यसको व्यवस्थापन कहिलेकाहीँ विभिन्न हिसाबले चुनौतीपूर्ण हुन सक्दछ । उपर्युक्त नीति, सबल सांस्कृतिक चेतना र सुझबुझपूर्ण अभ्यासद्वारा यसको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । अनि संघीयता त्यही विविधता व्यवस्थापनको एक सकारात्मक प्रयास हो ।

 

साना खोलाहरु मिसिएर ठूलो नदी बन्नु समावेशिता हो भने त्यो नदीभित्र  ती खोलाहरुको चिनारी कायम रहनु तिनीहरुको  पहिचान हो । पहिचान र अधिकार सहितको समावेशिताले सांस्कृतिक विविधताको संरक्षण गर्दै, हरेक संस्कृतिको अस्तित्व र स्वाभिमानको रक्षा गर्ने र  साँचो अर्थमा राष्ट्रिय एकतालाई सबल बनाउने कार्य गर्दछ ।

प्रकाशित मिति: : 2022-10-12 17:10:00

प्रतिकृया दिनुहोस्