नित्यले ल्याए ‘नेपाली नवयुवा’

file photo
file photo

कलाकार नित्य डी कुँवरले नयाँ गीत ‘नेपाली नवयुवा’ लिएर स्रोता तथा दर्शक माझ आएका छन्। 

उनले नयाँ गीत आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्। 

‘नेपाली युवाहरुलाई आफ्नो महत्व बुझ्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्यले एउटा युवा गानको रुपमा नयाँ गीत ल्याएको छु,’ नित्यले नयाँ गीत ‘नेपाली नवयुवा’का बारेमा भने। 

गीतमा संगीत गायक नित्य डी कुँवरको नै रहेको छ। 

‘नेपाली नवयुवा’ गीतलाई विभिन्न युवा भेला, सभासम्मेलन तथा विरोध र्यालीमा सहभागीहरुको मनोबल बढाउने उदेश्यले तयार पारिएको उनले जनाए। 
 

प्रकाशित मिति: : 2022-10-13 16:47:00

प्रतिकृया दिनुहोस्