तेस्रो पटक मदन पुरस्कार पाएपछि सत्यमोहन जोशीले जे भने

हिमाल खबर

सत्यमाेहन जाेशी

नेपाली भाषा साहित्यको विकास एवं उन्नति गर्ने उद्देश्यले स्थापना भएको ‘मदन पुरस्कार गुठी’ को यो ऐतिहासिक बैठकमा आज समेत गरी तीन पल्ट यसरी उभिएर मदन पुरस्कार थाप्न पाउनु मेरो निमित्त जीवनमा एक महत्त्वपूर्ण कुरो भएको छ। मैले सर्वप्रथम साहित्यतर्फ ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थमा २०१३ सालको मदन पुरस्कार पाएको थिएँ, त्यसपछि दोस्रो पल्ट सामाजशास्त्रतर्फ ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थमा २०१७ सालको र आज तेस्रो दर्शन-विज्ञान तर्फ ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थमा २०२८ सालको।

बरु, मैले पहिले दुई चोटी पाएका पुरस्कार र आज पाएको यो पुरस्कारमा केही अन्तर छ। किनभने, पहिलेका दुई पुरस्कार पाउँदा आफ्ना पुरस्कृत ग्रन्थहरूमा म एक्लो थिएँ। तर आजको यो पुरस्कृत ग्रन्थमा भने म आफ्ना चारजना सहकर्मी मित्रहरू स्थिरजङ्गबहादुर सिंह, विहारीकृष्ण श्रेष्ठ, प्रा. चुडामणि बन्धु र प्रदीप रिमालका साथमा सम्मिलित भएको छु। अनि आजको यो पुरस्कार संयुक्त प्रयासमा संयुक्त रुपले काम गरी एकै विषय अन्तर्गतको संयुक्त कृति ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थमा पाएको छु।
 

प्रकाशित मिति: : 2022-10-16 15:22:00

प्रतिकृया दिनुहोस्