पोखरा रंगशालामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत डिस्कस थ्रोमा लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेकी छिन्र।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका चित्रबहादुर वली रले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन्। ३२.७५ मिटर थ्रो गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गरेका सुदूरपश्चिमकाहेमन्त पालले कांस्य पदक जिते। यस्तै महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जितेकी छन् । संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो।
शारीरिक सुगठन प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ पदक : यसैगरि नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत १७ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ पदक जितेको छ। सुनिल आलेले ६० केजी तौल समूह कास्य पदक, नबराज डुम्रेले ६५ केजी तौल समुहमा रजत, बिजेन्द्रमान श्रेष्ठले ७० केजी तौल समूहमा कास्य पदक जितेका हुन।
आईतबार पाँच बिधासम्पन्न भएको छ भने बाकि सोमबार ५ बटा विधा का खेलहरु हुनेछन।